सुनको भाउ घट्यो, चाँदी बढ्यो

3

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँ घटेको सुन आज मंगलबार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।यस्तै, आज चाँदीको भाउमा भने बढोत्तरी देखिएको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।