डोलेश्वर महादेवमा शिवरात्रीको तयारी सकियो, भोलि बिहानै देखि चारै ढोला खुल्ने

7

भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिव पर्वको तयारी सम्पन्न भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ । सूर्यविनायक नगरपालिका वडा न.८ सिपाडोलमा रहेको यस मन्दीरमा शिवरात्री पर्वमा लाखौं भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतद्दारा जारी प्रेस बिज्ञप्ति

सूर्यविनायक नगरपालिका ५, सिपाडोल भक्तपुर महाशिवरात्री पर्व २०८२ तयारी मूल समिति

आज मिति २०८२ साल फल्गुण २ गते शनिबारका दिन यस केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्री पर्व तयारी सम्बन्धको पत्रकार सम्मेलनमा उपस्थित आदरणिय पत्रकार मित्रहरु ।

काठमाण्डौं उपत्यकामा रहेको ऐतिहासिक नगर भक्तपुरको आग्नेय कोणमा अवस्थित सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित डोलेश्वर महादेव नै भारतको उत्तराखण्डमा अवस्थित १२ ज्योतीलिंग मध्यको एक ज्योतीलिंग कैदारनाथको शिर भाग हो भनि २०६६ साल भाद्र ६ गतेका दिन केदारनाथ शिवालयका पिठाधिस रावल पदवी विभुषित श्री श्री श्री १००८ जगदगुरु भीमाशंकर लिङ्ङ्ग शिवाचार्य महास्वामीज्यूबाट घोषणा भए पश्चात यस केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले वृहत गुरुयोजना तयार गरी निर्माणकार्यको थालनी गरेको थियो । हाल सम्म आइपुग्दा विकास निर्माण कार्य तिव्र रुपमा अघि बढि उत्साहजनक रुपमा प्रगति भईरहेको छ । हालसम्मको प्रगतिमा आर्थिक सहयोगबाट करिब १७ करोड ५९ लाख ७० हजार सकलन भएको छ भने भौतिक सहयोगबाट ५९ लाख ५४ हजार गरि जम्मा सहयोग करिब रु १८ करोड १९ लाख २४ हजार सहयोग प्राप्त भएको छ । यसै गरी विभिन्न संरचनाहरुको हाल सम्मको निर्माण लागत करिब १८ करोड ८९ लाख ६ हजार रहेको र स्थिर सम्पति ५९ लाख तिस हजार सहित जम्मा खर्च करिब रु १९ करोड ४८ लाख ३६ हजार पुगेको छ । यसको आम्दानी र खर्चमा देखापरेको भिन्नता समितिमा रहेको अक्षयकोष, बचत कोष, तिर्नु पर्ने दायित्व एवं बैंकबाट ऋण लिएर पूर्ति भएको छ। यसको अतिरिक्त बिष्णु पादुका क्षेत्र । पितृ कार्य गर्ने स्थानको), गणेश मन्दिर, नन्दि (बशाहा), मनकामना मन्दिर, १०८ शिवलिङ्ग लामाको नाग, त्रिशुल डमरु तुलसी मठ, बिष्णु मन्दिर, सुर्य मन्दिर साथै मुल मन्दिरमा तामाको झल्लर लगाउने, सरस्वती मन्दिर, बुद्ध मन्दिर, लगायतका मन्दिरहरुको निर्माण कार्य सम्पन्न भएको छ । साथै मुल प्रवेश द्वार मन्दिर प्राङ्गणमा ढुड्‌गा छाप्ने काम, मुल मन्दिर लगायत चौबन्दि सत्तलमा रंगरोगन तथा सेरामिक टायल लगाउने काम सम्पन्न भएको, भोजन गृहको निर्माण कार्य भईरहेको । मन्दिरको पश्चिम तर्फको भित्रि प्रवेश द्वार निर्माण, मुलमन्दिरको १६ वटा पिलरमा तामा पाता मोर्ने काम सम्पन्न भएको निर्माणाधिन अवस्थामा रहेको २ नम्बर धर्मशात्माको निर्माण कार्य करिब ९० प्रतिशत पुरा भएको छ। समितिले चौबन्दि सतलको ३ वटा कवल प्रयोग हुने गरी धार्मिक पुस्तकालय पनि सञ्चालनमा आईसकेको छ ।

फाल्गुण ३ गते आइतबारका दिन परेको महाशिवरात्री पर्वलाई भव्यताका साथ सम्पन्न गर्न समितिका अध्यक्ष श्री धर्मराज बस्नेतको संयोजकत्वमा सम्पूर्ण पदाधिकारी तथा सदस्य रहने गरी शिवरात्री पर्व मूल समारोह समिति गठन गरि तयारी गरिएको छ । यसरी समितिका पदाधिकारी तथा सदस्यहरुले आफुले पाएको जिम्मेवारीलाई सफलता पूर्वक कार्य गरिएकाले महाशिवरात्री पर्वको तयारी पूरा भएको छ । महाशिवरात्री पर्व सम्पन्न गर्न करिब ९ लाख खर्च हुने अनुमान गरिएको छ । सो दिन मन्दिरमा रु. १९००/- अक्षेरुपि रु एक हजार एक सय रुपैयाको रसिद काटि पञ्चस्नान गर्न पाउने व्यवस्था मिलाइएको छ । साथै यस मन्दिरमा पाल्नु भएको साधुसन्तहरुलाई ५ दिनका लागि भोजन, दक्षिणा, कम्बल, धोती गरी प्रति साधु रु ३५००/-अक्षेरुपि रु. तीन हजार पाच सय रुपैया बराबरे समितिको तर्फबाट वितरण हुने भएकोले इच्छुक भक्तजनहरुलाई सहयोग गर्नको लागि हार्दिक अनुरोध पनि गर्दछु । महाशिवरात्रीमा आएका साधुसन्तहरुलाई धुनी बाल्न दाउराको व्यवस्थाको लागि दाउरा लोड गर्न रणशेर गण सूर्यविनायकबाट सहयोग गरिएको छ। महाशिवरात्री पर्वका दिन आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादिको व्यवस्था श्री मानव सेवा संघ कुलेश्वर काठमाण्डौं, सुरक्षा व्वस्थाका लागि महानगरिय प्रहरी परिसर भक्तपुर, महानगरिय प्रहरी वृत जगाती र प्रहरी चौकी डोलेश्वर, ट्राफिक व्यवस्थापन महानगरिय ट्राफिक प्रहरी परिसर सल्लाघारी भक्तपुर स्वास्थ्य शिविर रणशेर गण सुर्यविनायकबाट हुने भएको साथै विभिन्न संघ संस्था तथा महिला समुहलाई स्वयंसेवक परिचालनको लागि जिम्मेवारी दिइएको छ। साथै नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाबाट रक्तदान कार्यक्रम गरिनेछ ।

प्रत्येक वर्ष झै यस वर्ष पनि डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीका समयमा साधुसन्तहरुलाई क, ख, ग गरि तीन आधारमा वर्गिकरण गरी सोही अनुसार दक्षिणा समेत उपलब्ध गराइने छ । क वर्गका साधुसन्तका लागि ११०५।- अक्षेरुपि एक हजार एक सय पाँच रुपैंया, ख वर्गका साधुसन्तका लागि रु. ७००।- अक्षेरुपि रु सात सय रुपैया र ग वर्का साधुसन्तका लागि रु. ५५५। अक्षरुपि रु पाँच सय पचपन्न रुपैंया दक्षिणा तथा प्रति साधुलाई एक थान कम्बल र एक थान धोली प्रदान गरिनेछ । त्यसै गरी यस मन्दिरको वर्षिक कार्यक्रम अनुसार शिवरात्री दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजे देखि बेलुका ८ बजेसम्म गर्भ गृहमा प्रवेशका लागि खुल्ला रहनेछ । अन्तमा शुरुदेखि यस मन्दिरको प्रचार प्रसारमा सञ्चार जगतले दिएको योगदानप्रति हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि पत्रकार मित्रहरुबाट सृजनात्मक र समालोचनात्मक भुमिका निर्वाह हुनेछ भन्ने आशा एवं विश्वास लिएको छ ।

ॐ नम: शिवाय ।

मिति २०८२ साल फल्गुण २ गते शनिबार

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समिति