काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा तोकिएको छ।













