
भक्तपुर भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धाममा एक महिनाअघि सुरु भएको माधव नारायण व्रत समापन भएको छ। नेपाल सम्वतको आठौँ शताब्दीदेखि सुरु भएको यो व्रत भक्तपुरको हनुमानघाटमा पुस शुल्क पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिनाभर कठोर व्रत बसेर आइतबार विधिवत रुपमा सकिएको हो । माधवनारायणको व्रत बस्नेहरु व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ । माघ शुल्क पूर्णिमाको दिन आइतबार हनुमानघाटमा माधव नारायण र श्री स्वास्थानीको व्रत बस्नेहरुको घुइँचो लागेको थियो । २ सय भन्दा बढी महिलाले माघ स्नान गरी माधव नारायण व्रत समापन गरिएको हो । व्रतालु महिलाहरु यही बसे पनि पुरुषहरु भने हरेक दिन विहान त्रिवेणी खोलामा आएर नुहाउने र व्रतलु महिलासँगै बिभिन्न स्थानको कलश यात्रामा गरेका थिए ।













