काठमाडौ । लमजुङ जिल्लाको घले गाउँमा होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिम सम्पन्न भएको छ । क्व्होलासोथार गाउँपालिकाको आर्थिक सहयोगमा उक्त तालीम संचालन भएको थियो । ओभरवल डेभलोपमेन्ट नेटवर्क प्रा.लि, भक्तपुरको सहजीकरणमा वडा नं ३ घलेगाउँमा सम्पन्न भएको हो । ४६ जना प्रशिक्षार्थीहरुको तालीममा सहभागिता रहेको थियो ।
सात दिन सम्म चलेको होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिममा ९ वटै वडाबाट सहभागी हुनुभएमा ४६ जना प्रशिक्षार्थीहरुलाई होमस्टे व्यवस्थापनका अवयवहरु, पाक शिक्षाका पक्षहरु र ६३ वटा रैथाने परिकार बनाउने व्यवहारिक तालिम प्रदान गरिएको थियो ।
वडा नं ३ का वडाध्यक्ष आशविर गुरुङको अध्यक्षतामा उद्घाटन र समापन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, उपाध्यक्ष गमी माया गुरुङ, संस्थापक अध्यक्ष प्रेम वहादुर घले रहनुभएको थियो । 

त्यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, शिक्षा प्रमुख दिपक राज पौडेल, होमस्टे घरबास महासंघका केन्द्रीय कोषाध्यक्ष सुरज वास्तोला, होमस्टे एसोसियसन नेपालका संस्थापक सहसचिव तथा ओभरवल डेभलोपमेन्ट नेटवर्क प्रा.लि का अध्यक्ष राजकुमार लामीछाने, होमस्टे नेपाल महासंघका केन्द्रीय सदस्य चुडामणी पौडेलको समेत उपस्थिति रहेको थियो । पत्रकार आश गुरुङ, उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्द उपस्थिति थियो । तालिममा रैथाने पाक शिक्षा प्रशिक्षकद्धय नारायण बहादुर तामाङ, मनिषा श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक ज्ञान् दिनु भएको थियो । 

उपस्थित अतिथिहरुले यस कार्यक्रमबाट पालिकाभित्र रहेका सामुहिक होमस्टेको थप प्रवर्द्धन भइ ग्रामिण पर्यटनमा सहयोग पुग्ने र यहाँका नागरिकहरुको आर्थिक समृद्धि कायम हुने विश्वास व्यक्त गर्नु भएको छ ।
सात दिने होमस्टे व्यवस्थापन तथा रैथाने पाक शिक्षा तालिम माघ ७ गतेदेखि सुरु भएको हो । 















