आज एमालेको सचिवालय बैठक बस्ने

6

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ। एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

बैठक मङ्गलबार बिहान ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ। बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ । राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबीच तालमेल हुने गरी छलफल भइराखेको छ । बैठकमा प्रमुख दलबीच हुने तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी छ ।