चिनियाँ मुसाले अन्तरिक्षमै गर्‍यो गर्भाधारण, पृथ्वीमा आएर जन्मायो बच्चा

9

चिनियाँ अन्तरिक्ष स्टेशनमा गएको एउटा पोथी मुसाले अन्तरीक्षमै गर्भाधारण गरी पृथ्वीमा फर्किएपछि ९ वटा स्वस्थ बच्चा जन्माएको छ । यो घटना अन्तरिक्षमा बसोबास गर्ने मानव जातिको सपनालाई यथार्थमा परिणत गर्ने सोचमाथिको महत्वपूर्ण संकेतका रूपम हेरिएको छ । छोटो अवधिको अन्तरिक्ष यात्राले स्तनधारी जीवहरूको प्रजनन क्षमतामा कुनै पनि नकारात्मक असर नपर्ने वैज्ञानिकहरूले दावी गर्दै आएका थिए । यस घटनाले यसअघिको दावीलाई पुन:पुष्टि गरेको वैज्ञानिकहरूको भनाइ छ ।