आजको मौसमः हल्का वर्षा र हिमपातको सम्भावना

8

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुनेछ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

२०८२ पुष २० गते आइतबार
दिउँसोः तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

रातीः तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।