Wednesday, September 23, 2026
Home समाचार उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

उपरथीमा बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न

13

काठमाडौं । नेपाली सेनाको उपरथी दर्जामा बढुवा भएका तीन सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमबीच प्रधानसेनापति अशोकराज सिग्लेलले शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।उपरथीमै बढुवा भएका पाइलट रामसुन्दर बोहोरा, भुवन खत्री, प्राविधिक धर्मेन्द्रकुमार झालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । त्यस्तै सहायक रथीमा बढुवा भएका एक जना, महासेनानीमा बढुवा भएका ५ जना अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।