काठमाडौं । नारायणघाट-बुटवल सडकखण्ड अवरुद्ध हुँदा कैयौँ सवारीसाधन र यात्रुहरू बाटोमै फसेका छन्। शीतलहर फैलिएपछि पश्चिम नवलपरासीको दाउन्ने-खुर्सानी खोला क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे भएकाले सवारीसाधनहरू चिप्लिन र फस्न थालेकाले केही दिनदेखि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। बीबीसी नेपाली सेवाका अनुसार
राजमार्गमा लामो जाम भएकाले यात्रुहरुले सास्ती पाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको जाममा झन्डै १,५०० वटा सवारीसाधन फसेका छन्। सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ। निर्देशनालयले अहिलेको समस्या समाधान गर्न केही समय अझै लाग्न सक्ने जनाएको छ।














