सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

13

काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाली बजारमा मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० कायम भएको हो।अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ६१ हजार ७०० पुगेको थियो। यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ४ हजार २५५ कायम भएको छ।