भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज भक्तपुर परमेश्वरको मण्डलीमा ‘निस्तार-चाडको प्रेम, जीवन बचाउने प्रेम विश्वव्यापी रक्तदान कार्यक्रम’ आयोजना गरी छिमेकीहरूमाझ जीवन बाँड्ने कार्य सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा परमेश्वरको मण्डलीका विश्वासीहरू लगायत उनीहरूका परिवारहरू र छिमेकीहरू गरी करीब १५१ जना सहभागी रहेका थिए । “छिमेकीहरूको स्वस्थ दैनिक जीवन सुचारु होस् भन्ने आशा लिएर सहभागी भएको हुँ” भन्दै कार्यक्रममा सहभागी भएकाहरूले रक्तदान गरेका थिए। । रक्तदान कार्यक्रममा कुल ७३ जना पुरुष र ७८ जना महिलाले सफलतापूर्वक ५७,५,५० एमएल स्वस्थ रक्तदान गरेका थिए। 















