गगन थापाको घोषणा: सभापतिमा उम्मेदवारी

8

काठमाडौं । नेपाली कांग्रेस पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने महामन्त्री गगनकुमार थापाले घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पार्टीको आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएको बताएका हुन् । उनले समयमा नै पार्टीको महाधिवेशन गर्न आफू क्रियाशील रहे पनि विभिन्न स्थानमा क्रियाशील सदस्यको काम ढिला भइरहेको बताए ।
महामन्त्री थापाले संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुनुपर्ने र संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसले निर्वाह गर्नुपर्नेमा जोड दिए । अहिले पनि केही नेताले महाधिवेशन सार्ने कुरा गरिरहेको भन्दै उनले पार्टीको महाधिवेशन सम्पन्न नभई आम निर्वाचनमा सहभागी नहुने स्पष्ट पारे । उनले नियमित महाधिवेशनलाई अवरुद्ध गर्ने काम भए विशेष महाधिवेशनले भए पनि एउटा परिणाम निकाल्ने बताए ।