Thursday, September 24, 2026
Home राजनीति कांग्रेसमा केन्द्रीय सदस्य मनोनित, काभ्रेबाट शिव हुमागाई

कांग्रेसमा केन्द्रीय सदस्य मनोनित, काभ्रेबाट शिव हुमागाई

92

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् ।केन्द्रीय सदस्यमा मनोनित हुनेमा मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाईँ (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बागलुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन्।  देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०)बमोजिम केन्द्रीय सदस्य मनोनित गरेका हुन्। विधानको धारा २१ को उपधारा (१०) मा पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ।