संसद पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ निवर्तमान सांसदले गरे हस्ताक्षर

13

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जनाले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका शीर्ष तहका नेताले भने पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गरेका छैनन् । कांग्रेसका ८ निवर्तमान सांसदले मंसिर २३ गते नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरिसकेका छन् । निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहित सचेतक थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादवले रिट दर्ता गरेका हुन् । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर समूहका नेता डा. शेखर कोइरालासहितका नेताले पुनर्स्थापना हुनुपर्छ भन्नेमा हस्ताक्षर गरेका छैनन् ।