Saturday, September 26, 2026
Home समाचार म कुनै पार्टीमा प्रवेश गरेको छैन: डाक्टर डिके रोशन

म कुनै पार्टीमा प्रवेश गरेको छैन: डाक्टर डिके रोशन

35

डा. रौशनद्धारा नेकपा प्रवेश नगरेको स्पष्ट
भक्तपुर । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दिपेन्द्र कुमार (डि. के.) रौशनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश नगरेको बताउनुभएको छ । डा. रौशनले हिजो (बुधवार) एक प्रेस विज्ञप्ती जारी गरी व्यक्तिगत भेटघाटलाई पार्टी प्रवेश भनी प्रचार गरेको भन्दै खेद प्रकट गर्नुभएको छ ।
“नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका मेसु भनि म कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशन ने.क.पा.मा प्रवेश गरिएको भनी विभिन्न सञ्जालमार्फत मैले जानकारी पाएको हुँदा मेरो व्यक्तिगत भेटघाट क्रमलाई पार्टी प्रवेश भनी भ्रामक प्रचार गरिएकोमा निकै दुःख लागेको छ, त्यसप्रति म खेद प्रकट गर्दछु” उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
उहाँले आफु चिकित्सक पेशामा आवद्ध भइ सेवा गरिरहेकोले सम्पूर्ण राजनीतिक दलसँग सुमधुर सम्बन्ध रहेको बताउँदैं कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको जानकारी समेत गराउनुभएको छ ।
“म हालसम्म चिकित्सक पेशामा आवद्ध भई सेवा गरिरहेको हुँदा मेरो सम्पूर्ण राजनीतिक दलसँग सम्बन्ध सुमधुर रहेको जानकारी गराउँदैं म कुनै पनि राजनीतिक पार्टीमा आवद्ध नरहेको जानकारी गराउँदछु,” विज्ञप्तीमा उल्लेख छ । उहाँले राजनीति भन्दा पनि पेशा प्रति समर्पित भई सेवालाई निरन्तरता दिने जानकारी समेत गराउनुभएको छ ।