माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

23

काठमाडौं । विशेष अदालतले आइतबार पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ वर्षअघि गरेको निर्णयको फाइल पेश गर्न आदेश दिएको छ । विशेष अदालतले २५ मंसीर, २०६९ मा अख्तियारबाट भएको निर्णयको फाइल झिकाउन आदेश दिएको हो । त्यतिबेला अख्तियारमा पतञ्जली जग्गा प्रकरणवारे अनुसन्धान भएको थियो, तर पदाधिकारीविहीन अवस्थामा सचिवको नेतृत्वमा रहेको अख्तियारले हतारमा फाइल तामेलीमा राखिदियो ।त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय अनलाइनखबरले प्राप्त गरेको थियो । अख्तियारले मन्त्रिपरिषदको क्षेत्राधिकारमा आफू प्रवेश गर्न नसक्ने भन्दै अनुसन्धान टुंग्याउने निर्णय गरेको देखिन्छ । ६ चैत, २०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारले हदबन्दी छुट दिएको र बिक्री गर्दा प्राप्त भएको रकम बराबरको जग्गा फेरि खरिद गर्नुपर्ने अवस्थाको विश्लेषण गरेको थियो । त्यसका लागि पाँच वर्षभित्र जग्गा खरिद गर्नुपर्ने प्रावधान समेत थियो ।