काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज चार नयाँ मन्त्रीको सपथको तयार िथालेकी छिन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ । तर थपिने मन्त्रीहरुको नाम भने सार्वजनिक गरिएको छैन् । विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन-कुन मन्त्रालय थपिने भन्ने खुलाइएको छैन । त्यसका लागि प्रधानमन्त्री परामर्शनमा रहेको स्रोत बताउँछ ।














