तीन महिनापनि टिकेन एमालेको विधान, संशोधन प्रस्ताव प्रस्तुत हुदैं

18

काठमाडौं । गत भदौं २० गते सम्पन्न भएको नेकपा एमालेको विधान सम्मेलनको मर्म विपरित संशाृधनकोृ प्रस्ताव सचिवालय बैठकमा पेस गरिएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको उक्त विधान महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको थियो । तर, भोली शनिबारबाट सुरु हुने ११ औं महाधिवेशनमा पदिय भागबण्डा मिलाउन विधान सम्मेलनको निर्णयलाई उल्टाउने तयारी भएको छ । अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेर हद र दुई कार्यकालको बन्देजलाई खुला गरेका थिए । आज दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने बताइएको छ ।

सचिवालयका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउने प्रस्ताव सचिवालयमा पेस गर्न तयारी भएको छ। एमालेको महाधिवेशन २७ मंसिरमा भक्तपुरको सल्लाघारीमा उद्‌घाटन हुँदैछ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले विगतको महाधिवेशनले गरेका निर्णय उल्ट्याउन नहुने अडान लिएको छ।