विश्वले पर्खिरहेको फिल्म ‘अवतार ३’ को वर्ल्ड प्रिमियर

7

लस एन्जलस । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ ।
‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । सन् २००९ को ‘अवतार’ ले २.९२ बिलियन डलर कमाएको छ, जुन शीर्षस्थानमा छ । दोस्रो श्रृंखला ‘अवतार : द वे अफ वाटर’ २.३४ बिलियन डलर कमाउँदै तेस्रो स्थानमा छ । ‘अवतार’ ले विश्व फिल्ममा डिजिटल क्रान्ति ल्याएको थियो । ‘अवतार’ नेपालमा प्रदर्शन हुने पहिलो थ्रीडी फिल्म पनि हो ।प्रिमियर समारोहका अन्य सहभागीमा स्टीफन लाङ, उना च्याप्लिन, क्लिफ कर्टिस, जोएल डेभिड मूर, ब्रिटेन डाल्टन, ट्रिनिटी जो-ली ब्लिस, ज्याक च्याम्पियन, बेली बास, एडी फाल्को, माइली साइरस लगायतका सेलिब्रेटी थिए ।