अभिनेत्री शाह र अभिनेता खरेलको इन्गेजमेन्ट !

17

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह र मोडल तथा अभिनेता विशाल खरेल इन्गेजमेन्ट गरेको खबरमार्फत बाहिर आएको छ । ५ वर्षअघि रिलिज भएको कथानक फिल्म ‘प्रेम दिवस’ मा खरेलले अभिनय गरेका थिए । त्यसपछि उनी परिवारसहित अमेरिका गए । उनले अमेरिकामै व्यवसाय गर्दै आइरहेका छन् ।

साम्राज्ञी र विशालले पछिल्लो एकवर्षमा रिलिज भएका दुई म्युजिक भिडियोमा अभिनय समेत गरेका थिए । थाइल्याण्डमा छायांकन गरिएको ‘हारेँ हारेँ’ र ‘मालती’ म्युजिक भिडियोमा उनीहरूले मोडलिङ गरेका छन् । दुई म्युजिक भिडियोमा काम गर्ने क्रममा साम्राज्ञी र विशाल नजिक भएका हुन् ।

झण्डै एकवर्षअघि यी दुईले ती म्युजिक भिडियोमा काम गरेका थिए । सम्बन्धलाई यी दुईले गुपचुप राख्दै आएका थिए ।
शाह आफूले इन्गेजमेन्ट गरेको खबरमार्फत उनले प्रशंसक र सेलिब्रेटीलाई सरप्राइज दिएकी छन् । इन्स्टाग्राममा साम्राज्ञीले ‘एस प्लस बी’ अक्षरमार्फत आफूले इन्गेजमेन्ट गरेको जनाएकी छन् । उनले सेयर गरेको फोटोमा उनका फियन्सेको अनुहार स्पष्ट देखिँदैन । त्यसमाथि क्याप्सनमा ‘बी’ मात्र लेखेकी छिन् । यस्तोमा, धेरैलाई ती युवक को हुन् भन्ने कुरामा जिज्ञासा हुनसक्छ ।