बझाङ । साईपाल गाउँपालिकामा ‘होमस्टे व्यवस्थापन तालिम’ सम्पन्न भएको छ । साईपाल गाउँपालिका–३, काँडामा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपी र साहारा नेपाल बझाङको संयुक्त साझेदारिमा संचालित दिगो पर्यटन परियोजनाको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्तिक २७–२९ गतेसम्म ‘होमस्टे व्यवस्थापन तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले गर्नुभएको थियो । वडा नं. १, २, ३ र ४ का २१ जना सहभागी भएका थिए जसमा ११ महिला, १० पुरुष ले सहभागी भएको आवासीय तालिममा होमस्टे दर्ता प्रक्रिया, व्यवस्थापन, आतिथ्य सत्कार, सरसफाइ, सुशासन तथा स्थानीय उत्पादनमा आधारित पाक कला सम्बन्धी सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

होमस्टे महासंघ नेपालका कोषाध्यक्ष (प्रशिक्षक) सुरज बास्तोलाको प्रशिक्षणमा सम्पन्न तालिमले सहभागीहरूमा होमस्टे व्यवसायलाई व्यवस्थित, दिगो र पर्यटक–मैत्री बनाउने सीप अभिवृद्धि गरेको छ। तालिमबाट महिलाको क्षमता विकास, स्थानीय उत्पादनको प्रवद्र्धन तथा साईपाल गाउँपालिकामा दिगो पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष डोल्मा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीलगायत स्थानीय स्थानिय जनप्रतिनिधि तथा कर्मचारिहरु, साहारा नेपाल बझाङका सचिव जनक बहादुर द्वाल, दिगो पर्यटन कार्यक्रम परियोजना फोकल पर्सन वसन्त बोहरा र फिल्ड संयोजक दिनेश रोकायालगातको उपस्थिति रहेको थियो । 















