काठमाडौँ । निकोलश भुसाल रिहा भएका छन्। भुसाल समाजको शान्ति सुरक्षा भाँड्ने गरी अभिव्यक्ति दिएको आरोपमा कात्तिक १८ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । भुसाललाई प्रहरीले गोरखाको रानीबनमा रहेको सरस्वती आश्रमबाट कात्तिक १८ गते पक्राउ गरेर काठमाडौँ ल्याएको थियो। भुसालले कात्तिक १३ गते संवाद डबलीको कार्यक्रममा प्रहरीसहित राष्ट्रका महत्वपूर्ण निकाय विस्फोट गरेर ध्वस्त बनाइदिने अभिव्यक्ति दिएका थिए। उनलाई मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।













