खरिपाटी र जगाती प्रहरी चौकीमा आगो लगाउने तीन जना पक्राउ

164

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती स्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थितमा रहेको प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने वर्ष २८ को सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. ०३ घर हुने बर्ष २६ को छेकु लामा रहेका छन्

चाँगुनारायण नगरपालिका वडा नं. ६ खरीपाटी बस्ने बर्ष ४६ को सुरेश बास्तोलालाई पक्राउ गरिएको परिसरका सूचना अधिकारी डिएसपी प्रकाश जगेबुले जानकारी दिएका छन् । यी मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।