काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती भन्दै असन्तुष्ट देखिएका संघीय संसद् र प्रदेशका पदाधिकारीहरूले सरकारले संसद्को अवहेलना गरेको निष्कर्ष निकालेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायतको बैठक बसेको थियो । बैठकमा विभिन्न पाँचवटा प्रदेशका सभामुख तथा उपसभामुख र प्रदेश सभाका अन्य पदाधिकारी सहभागी थिए ।













