Tuesday, September 22, 2026
Home समाज भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना

भदौ २४ को घटनामा अहिलेसम्म पक्राउ परे ३८० जना

15

जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको छ।यो संख्या काठमाडौं उपत्यकासहित देशभरिकै हो।यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै पनि काठमाडौंमै छ।डिआइजी काफ्लेका अनुसार काठमाडौंमा मात्रै ७७ वटा मुद्दा दर्ता र १७७ जना व्यक्ति पक्राउ परेका छन्। त्यस्तै ललितपुरमा १३ वटा मुद्दा दर्ता हुँदा २६ जना पक्राउ परेका छन्।भक्तपुरमा ६ वटा मुद्दा दर्ता भई २३ जना पक्राउ परेका छन्।