रास्वपाको सचिवालय बैठक जारी

21

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए अनुसार बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बोलाइएको छ। बैठकमा पार्टीको विस्तारित बैठकको एजेण्डा, सहभागिता, व्यवस्थापन र पार्टीले सञ्चालन गर्ने विभिन्न अभियानसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।