काठमाडौं । यस वर्षको बिजया दशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बडा दशैका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ । टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने र मान्यजनहरु बाट लगाउने जनाइएको छ ।














