Friday, October 2, 2026
Home राजनीति जेनजीको एक समूहले बनायो वार्ता टोली, रक्षा बमले भनिन्– मेरो नाम राखेर...

जेनजीको एक समूहले बनायो वार्ता टोली, रक्षा बमले भनिन्– मेरो नाम राखेर साथीहरुले गलत गरे

33

काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् ।
टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् ।वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन । यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपालका राष्ट्रपति नेपालका प्रधानमन्त्रीको रोहबरमा वृहत सम्झौता गर्ने निर्णय गरेको छ । उक्त वृहत सम्झौतामा उल्लेख हुने एजेण्डाका विषयमा सम्झौता पत्र समेत तयार पारेर राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेड सो वार्ता टोलीले पाएको छ ।गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन र प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवा प्रतिनिधिहरुसँग समेत छलफल गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरी ताजा जनादेशका लागि फागुन २१ गते आम निर्वाचन घोषणा गरेका छन् ।