डिएसपी सरुवा: परिसर भक्तपुरमा जबेगु, जगाती वृतमा श्रेष्ठ आउने

70

काठमाडौ । नेपाल प्रहरीको केन्द्रिय कार्यालयले ९० जना डिएसपीको सरुवा गरेको छ । जस अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत डिएसपी ढुन्डिराज न्यौपानेको सरुवा भएको छ । न्यौपानेको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको छ । उनको स्थानमा ईलाका प्रहरी कार्यालय धरानमा कार्यरत डिएसपी प्रकाश जबेगु भक्तपुर परिसरमा आउने भएका छन् ।
त्यसैगरी प्रहरी वृत जगातीमा पनि नयाँ डिएसपी आउने भएका छन् । डिएसपी चन्चला श्रेष्ठ प्रहरी प्रधान कार्यालयबाट सरुवा भएर जगाती आउन लागेकी हुन् । जिएनजी आन्दोलनको क्रममा ध्वस्त भएको जगाती प्रहरी कार्यालय यतिबेला सिपाडोलको गणेश स्कुलमा बसिरहेको छ ।

डिएसपी सरुवाको लिस्ट हेर्नुस