काठमाडौं : सरकारले यही असोज १ देखि निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई अनिवार्य कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। २०८२ साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेश सरकारको मातहतमा रहेको यातायात व्यवस्था कार्यालयहरूबाट २०८२ असोज १ गतेबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने सूचना यातायात व्यवस्था विभागबाट सार्वजनिक भएसँगै यसको चौतर्फी जनस्तरबाटै विरोध भइरहेको थियो। यसबाट सरकार पछि हटे पनि नागरिकहरूले इम्बोस्ड नम्बर जडान गर्न पनि विस्तारै सुरू गरेका छन्। अहिले अधिकांश सवारी साधनमा हातले लेखिएको परम्परागत नम्बर प्लेट प्रयोग हुँदै आएको छ, जसलाई सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भई विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढेसँगै यसको नियन्त्रणका लागि पनि इम्बोस्ड नम्बर सही विकल्प रुपमा इम्बोस्ड नम्बर रहेको छ।
इम्बोस्ड नम्बर प्लेटमा रहेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन टेक्नोलोजी (आरएफआईडी) चिपले सवारीसाधनको गतिविधि ट्रयाक गर्न मद्दत गर्ने हुँदा, यदि गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन र कुन सवारीसाधन कहाँ गइरहेको छ भन्ने वास्तविक प्राप्त गर्न पनि सहयोग पुर्याउँछ।यातायात व्यवस्था कार्यालय गुर्जुधारामा इम्बोस्ड नम्बर प्लेट जडानका लागि कार्यालय समय भन्दा अगाडीबाटै सेवाग्राहीको भीड लाग्ने गरेको छ। नम्बर प्लेट जडानका लागि नै दिन भारी जस्तै समय लाग्ने सेवाग्राहीको गुनासो छ। प्लेटका लागि बैंकिङ कारोबार लगायत विभिन्न प्रक्रिया पूरा गर्नै घण्टौं समय लाग्ने गरेको भक्तपुरबाट आएका सेवाग्राही सीताराम हेम्बाले बताए। बिहान ९ बजे आएका उनी दिउँसोको २ बज्दा सम्म पनि काम नसकिए गुनासो उनको छ।













