काठमाडौं । अहिले डिभोर्सको कारण चर्चामा बलिउडका चर्चित जोडी गोविन्दा र सुनिता आहुजा छन् । यो जोडीको डिभोर्सको मुद्दामा मुम्बई हाई–कोर्टमा सुनुवाइ जारी छ । तर, यी दुवै दम्पती गणेश चतुर्थीमा एकसाथ देखिएका छन् । यसले भने केही सकारात्मक सन्देश दिन्छ । गणेश चतुर्थीको अवसरमा गोविन्दा–सुनिताले मुम्बईस्थित घरमा गणेश पूजामा सँगै भाग लिएका छन् । उनीहरूले पापाराजीलाई पोज दिएका, मिठाइ बाँडेका र उत्सवको रमाइलो अनुभव सार्वजनिक गरेका थिए । गोविन्दा र सुनिताका छोरा यशवर्धन आहुजा पनि उत्सवमा सहभागी थिए । यी दृश्यले देखाउँछ कि निजी जीवनमा चुनौती भए पनि, परम्परा र पारिवारिक मूल्यप्रति उनीहरूको सम्मान कायम छ ।














