अनेमसंघ भक्तपुर २ न. क्षेत्रिय कमिटिले तीज मनाउने

225

भक्तपुर । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) भक्तपुर २ नं. क्षेत्रिय निर्वाचन कमिटिले तीजको अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने भएको छ । अनेमसंघ २ नं. क्षेत्रिय कमिटीकी अध्यक्ष सर्मिला लम्साल बस्नेतका अनुसार भदौं २ गते सोमबार बिहान १० बजे उक्त कार्यक्रम सुरु हुनेछ ।

सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा सम्पूर्ण महिला दिदीबहिनीहरु भेला भएर एक अर्कालाई तीजको शुभकामना दिदैं हामी तीज मनाउने तयारीमा छौं, अध्यक्ष बस्नेतले भन्नुभयो । तीज पर्वमा आएको विकृतिलाई निरुत्साहित गर्दै महिला शसक्तिकरण र पार्टी निर्माणको अभियानलाई निरन्तरता दिन कार्यक्रम गरिएको उहाँको भनाई रहेको छ ।