कालिकोट । पहिरोका कारण कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक पुनः अवरुद्ध भएको छ। मंगलबार दिउँसोदेखिको अविरल वर्षाले कालिकोट खण्डअन्तर्गत गगने खोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। सोमबार बेलुकी गएको पहिरो मंगलबार बिहान सडक डिभिजन कार्यालय जुम्लाले दुई वटा मेसिन प्रयोग गरेर बिहान ९ बजे सुचारु गरे पनि दिउँसो २ बजेदेखि लेदो सहितको अर्को पहिरो खस्दा पुनः अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।














