काठमाडौँ । आज सोमबार खोटाङको हलेसी महादेव मन्दिरको दर्शन गरेर सिरहा फर्कंदै गरेको गाडी सोमबार दुर्घटना भएको छ । । प्र २–०–१–००१ ज ००५३ विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठे खोलामा दुर्घटना भएको हो । गाडीमा १७ जना सवार रहेको अनुमान गरिएको र घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सिरहा नरहा नगरपालिका-५ फर्कंदै गरेको गाडी दुर्घटनामा परी एक जनाको मृत्युको भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । मृतकको पहिचान हुन सकेको छैन । घाइतेको अवस्था चिन्ताजनक भएको गिरीले बताए । तीनजना घाइतेलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । गाडी करिब दुई सय मिटर तल झरेको र दुर्घटनामा यात्रु छरिएकाले खोजी तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।













