हेटौंडा, । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे हेटौंडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।
यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।














