भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्थाले बेवारिसे सडक जनावर संरक्षणको लागि नगद सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार सारा जनावर उद्दार केन्द्र नेपाललाई नगद रु. ९ हजार सहयोग गरिएको हो । “बेवारिसे जनावरलाई खाना खुवाउन हामी फिस टनेल आयोजकको तर्फबाट सहयोग गरेका हौं,” अध्यक्ष महतले भन्नुभयो । 
त्यसैगरी फिस टनेल आयोज भएको स्थल भक्तपुरको राधेराधे टोलको बिकासकोलागी समेत संस्थाले ५१ हजार नगद सहयोग गरेको अध्यक्ष महतले बताउनु भयो । गएको असार ६ गतेदेखि सुरु भएको फिस टनेल एक्स्पोमा करिब ५५ हजार दर्शकले अवलोकन गरेका छन् ।














