चीनमा अलपत्र नेपाली तातोपानी हुदैं आए

18

काठमाडौँ । भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुलसमेत बगाएपछि चीनतर्फ नै अलपत्र परेका २ सय ३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ । चीनको विदेश विभागले उनीहरूलाई केरुङ हुँदै तातोपानी मितेरी पुलमा ल्याएर सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो । रोजगारीका सिलसिलामा गएकाहरू तथा सवारी चालकलगायत अलपत्र नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले २० वटा गाडीमा केरुङबाट तातोपानी नाकासम्म ल्याइदिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल बताउँछन् । उनीहरूलाई खाने र काठमाडौंसम्म पुर्‍याउने जिम्मा बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र अरनिको यातायातले मिलेर लिएका छन् ।

२४ असारमा भोटेकोशीमा आएको बाढीपछि चीनतर्फ अलपत्र ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।