काठमाडौं । अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न आयोजना गरी प्रथम ऐतिहासिक वर्ष सम्पन्न गरेको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ र काठमाडौँ महानरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धर, मातृका आई केयर सेन्टरका सिईओ डा. किरोरराज प्रधान, दृष्टि आई केयर सिस्टमका सिस्टमका सिईओ लगायतका प्रमुख आतिथ्यतामा प्रथम ऐतिहासिक अप्टिकल व्यवसायी भेला कार्यक्रम शनिबार सम्पन्न गरेको हो ।
अप्टिकल व्यवसायीहरूलाई एकजुट बनाउन, पारिवारिक आत्मीयता बढाउने र उच्च गुणस्तरका उत्पादन तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले गत असार अर्थात २०८१ असार महिनामा संघको गरेको थियो ।
देशभरी छरिएर रहेका अप्टिकल व्यवसायीहरुको एकआपसको सम्बन्ध सुमधुर बढाउन शनिबार काठमाडौँमा प्रथम ऐतिहासिक व्यवसायी भेला कार्यक्रम आयोजना गरेको संघका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । अप्टिकल व्यवसायीहरूलाई एकजुट गराई आपसी सम्बन्ध स्थापना गर्दै सहकार्यमार्फत व्यवसायीहरूलाई अगाडि बढाउने लक्ष्य राखेको श्रेष्ठले बताए । अप्टिकल व्यवसायी संघ स्थापना गरेको एक वर्ष पुरा भएको अवसरमा संघले दृष्टि आईकेयर सेन्टरसँगको सहकार्यमा निःशुल्क आँखा तथा कानको परीक्षण लगायतका कार्यक्रम गरिएको बताए । श्रेष्ठका अनुसार संघको ऐतिहासिक वर्ष पुरा भएको अवसरमा मातृका आइसेन्टर र ओपान बीच भएको सम्झौताको आदानप्रदान,दृष्टि आइकेयर र ओपान बीचको सम्झौताको आदानप्रदान र इ सेवासँगको बीमा सम्झौता पत्र र बीमा नीति आदानप्रदान गरेको थियो ।













