‘प्रतिपक्षले विरोध गर्दा पनि सभा चलाउने तरिका ठीक भएन’

22

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसदमा अवरोध गरिरहेको बेलामा संसद बैठक चलाउन उचित नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै उनले प्रतिपक्षी दलहरू विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन्। उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्वपूर्ण विषयहरूमा संसदमा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दै गर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए। उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे।