काठमाडौं । ३७ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ। यसअघि सन् १९८८ मा एएफसी एसियन कप छनोटमा हङकङसँग खेलेको नेपाल त्यसपछि आज प्रतिस्पर्धा गर्न लागेको हो। खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ ५स्४५ मा सुरु हुने छ। फिफा वरियतामा हङकङ नेपालभन्दा माथि रहेको छ। हङकङ १५३ औं स्थानमा रहँदा नेपाल भने १७५औं स्थानमा रहेको छ। नेपाल र हङकङबिच यसअघि १९८८ मा दशरथ रंगशामा भएको एसियन कप छनोटमा गोलरहित बराबरी भएको थियो।
आगामी जुन १० मा सुरु हुन लागेको एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्। छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बुधबार भएको प्रि म्याच कन्फ्रेन्समा हङकङ लाई नजिकबाट नियालेको बताए। उनले हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए।














