काठमाडौं । भारतमा फेरि एकपटक कोरोनाभाइरस सङ्क्रमणका घटना तीव्र रूपमा बढेका विवरण आएका छन्। यो साताको सुरुसम्म झन्डै ४ हजार सक्रिय सङ्क्रमण देखा परेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। यही साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का निर्देशक डा राजीव बहलले भारतमा कोरोनाभाइरसका चार भेरिअन्ट भेटिएको बताएका छन्।
योभन्दा पहिले भारतमा कोरोनाभाइरस सङ्क्रमणका तीन लहर आएका थिए। त्यतिखेर रोग संक्रमणको गम्भीरता यति धेरै थियो कि ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए। त्यसयता सरकारले वृहत् स्तरमा कोरोनाको खोप अभियान चलायो र जनसङ्ख्याको ठूलो हिस्साले खोप लगाए। भारतमा देशभरि फेरि एकपटक कोरोनाभाइरस सङ्क्रमणका घटना तीव्र रूपमा बढेका विवरण आएका छन्। यो साताको सुरुसम्म झन्डै ४ हजार सक्रिय सङ्क्रमण देखा परेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
यही साता इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)का निर्देशक बहलले भारतमा कोरोनाभाइरसका चार भेरिअन्ट भेटिएको बताएका छन्। योभन्दा पहिले भारतमा कोरोनाभाइरस सङ्क्रमणका तीन लहर आएका थिए। त्यतिखेर रोग संक्रमणको गम्भीरता यति धेरै थियो कि ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए। त्यसयता सरकारले वृहत् स्तरमा कोरोनाको खोप अभियान चलायो र जनसङ्ख्याको ठूलो हिस्साले खोप लगाए। BBC