काठमाडौं । देशभरका यातायात व्यवसायीले सोमबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको पत्र विभिन्न यातायात व्यवसायीहरुले सार्वजनिक गरिहरेका छन् । 













