राजावादी छाडा भए जवाफ दिनेगरी तयारी गर्नुस्ः प्रचण्ड

12

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन् । पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।