डाक्टर पढ्ने धेरै विद्यार्थीहरूलाई जबरजस्ती १/२ नम्बरले फेल गराइँदो रहेछ: सांसद श्रेष्ठ

20

सत्तारूढ नेपाली कांग्रेसकी सांसद अन्जनी श्रेष्ठले एमबिबिएस अध्ययन गर्ने अत्यधिक विध्यार्थीहरूलाई एक/दुई नम्बरले फेल गराइने पाइएको बताएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले लापरवाही ढंगले कापी चेक गर्दा थोरै अंकले विद्यार्थी फेल हुने गरेको बताएकी हुन्।’जाँच कसलाई गराउने हो? रिचेक गर्दा सोही विद्यार्थीले हेर्न नसक्ने गरी नम्बर दिइँदो रहेछ। कुनै कापीमा नम्बर जोड्न पनि छुटाइँदो रहेछ। कुनै पन्नामा नम्बर नै नदिई जबरजस्ती फेल गराइँदो रहेछ,’ उनले भनिन्। सांसद श्रेष्ठले उत्तरपुस्तिका पुनः जाँचका लागि लाग्ने पाँच हजार शुल्क पनि महँगो भएको बताइन्।