१०८ फिटको शिवको मुर्ति बनाउन उपप्रमुख बुढाथोकीद्दारा १ लाख ८ हजार सहयोग

52

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा ८. कलमसीमा १०८ फिट अग्लो भगवान शिवको प्रतिमा (मुर्ति) निर्माण हुनेक्रममा छ । आज मंगलबारबाट सो स्थानमा शिवको प्रतिमा स्थापनाकोलागि सहयोग जुटाउन शिव पुराण लगाउन सुरु भएको छ ।

शिवको मुर्ति निर्माण कार्यलाई साथ दिदै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले १ लाख ८ हजार सहयोग गर्नु भएको छ । शिवको मुर्ति स्थापना भएपछि कलमसीको मात्रै नभएर चाँगुनारायण क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने उपप्रमुख बुढाथोकीको भनाई छ ।

बुढाथोकीले भन्नुभयो “नगरकोट आउने धार्मिक पर्यटकहरूकोलागि यो एउटा सुन्दर गन्तव्य बन्न सक्छ । नगरकोट भ्रमण वर्ष २०८२ को अवसर पारेर कल्पेश्वर महादेवमा लगाईएको शिव पुराणले भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटक धार्मिक गतिविधिमा सहभागी हुने मौका मिल्ने उहाँको भनाई छ ।