चिनियाँ राष्ट्रपति सी भ्रमणको तयारी: सडक अनुगमनमा निस्किए मन्त्री महासेठ

250
;8s cg'udgdf ef}ltsdGqL dxf;]7 sf7df8f}F, @@ c;f]h -/f;;_ M ;8s dd{t sfo{sf] a'waf/ sf7df8f}Fsf] ;f]N6Ldf]8l:yt ;8sdf cg'udgsf qmddf ef}lts k"jf{wf/ tyf oftfoftdGqL /3'jL/ dxf;]7 . tl:a/ M gjLg kf}8]n

असोज २२
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।

यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको अनुगमन गरेको छ । अनुगमनका क्रममा मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन दिएको बताए ।

मन्त्रीका साथ पुग्नुभएका सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले काठमाडौँ उपत्यकाको सडक मर्मत हरेक वर्ष मनसुनपछि नियमित हुने गरेको र हाल विशिष्ट पाहुनाको भ्रमण हुने भएकाले थप ध्यान दिइएको बताए । काठमाडौँ उपत्यकाको सडक मर्मतको जिम्मेवारी सिएम कन्स्ट्रक्सनले लिएको छ ।