नगरकोटमा टिपर दुर्घटना, घोरासाइनेको मृत्यु

2382

काभ्रेपलान्चोक। मण्डनदेउपुर नगरपालिका-२ ठकुरी गाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मिस्टिक माउन्टेन होटलको कम्पाउन्डभित्र बालुवा अनलोड गर्न लागिएको ना.२ ख २४६४ नम्बरको टिपर अचानक झण्डै ७ मिटर तल खस्दा मेसागाउँका ३१ वर्षीय चालक विनोद घोरासाईनेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।