प्याब्सन भक्तपुरको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

21

भक्तपुर । नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन भक्तपुरको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार भक्तपुर पलासेँस्थित काठमाडौं फन भ्यालीमा आयोजित नयाँ वर्ष २०८२ तथा विस्का जात्राको अवसरमा शुभकामना आदनप्रदान तथा हालै केन्द्रिय समितिमा निर्वाचितहरुलाई बधाई ज्ञापन कार्यक्रम भएको प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले जानकारी दिनुभएको छ । उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, प्याब्सनका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद अधिकारीलगायतको उपस्थिती रहेको थियो ।