आजदेखि प्रदूषित हावा कम हुँदै जाने

16

काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने अनुमान गरिएको छ ।
पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो ।

आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ ।